सुदूरपश्चिम राजधानी मेयर कप हुने

  बुधबार ०५, बैशाख २०८१ २१:१६

धनगढी । कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप वैशाख १४ गतेदेखि आयोजना हुने भएको छ। पि एफ ए स्पोर्ट्स क्लबको आयोजनामा वैशाख १४ गतेदेखी २२ गतेसम्म सुदूरपश्चिम राजधानी मेयर कप संञ्चालन हुने भएको हो।

आयोजक पि एफ ए स्पोर्ट्स क्लबले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो। १२ ओटा टिम सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कारसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने क्लबकी उपाध्यक्ष भगवती साँउदले बताइन्।

त्यस्तै द्दितिय हुने टिमले १ लाख नगदसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने उनले बताइन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार,उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछन् भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछन।

त्यसैगरी प्रतियोगितामा म्यान अफ द म्याचकालागि ३३ हजार रुपैयाँ छुट्याईएको छ। उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकले प्रतियोगिताको कुल खर्च २१ लाख अनुमान गरेको छ। टिम दर्ता शुल्क ८ हजार तोकिएको छ।

clock बुधबार ०५, बैशाख २०८१ २१:१६

प्रतिक्रिया