कञ्चनपुरमा नाबालिग बलात्कार गरेको आरोपमा युवक पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिकाकी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार १९ वर्षीय पारस ठकुरी देउवा पक्राउ परेका हुन्।
बालिकाका आफन्तले बिहीबार देउवाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। बुधबार मध्यरातमा नाबालिगलाई आरोपित देउवाले घर नजिकको खेतमा बलात्कार गरेको आरोप छ। पीडित नाबालिगले आफूमाथि भएको घटना करिब चार बजेतिर घरमा आएर ठूली आमालाई बताएको आफन्तले जनाएका छन्।
घटनामा देउवालाई सहयोग गरेको आशंकामा केही अन्य युवकलाई पनि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए। पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरि घटनाको अनुसन्धान गरिरहेको उनले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया