सन्तोषी टोलमा एसपीएको सरसफाई

  शुक्रबार १५, बैशाख २०८० १४:०५

धनगढी । ग्रीन क्लिन धनगढी क्लब अफ एसपीएले शुक्रबार कलेज अवस्थित सन्तोषी टोल क्षेत्रमा सरसफाई  कार्यक्रम आयोजना गरेको छ । एसपीए कलेजको प्रांग्रणबाट सुरु भएको सरसफाई कार्यक्रम सन्तोषी टोलका सडक, गल्लीहरु हुँदै पुनः कलेजमा आइ टुंग्गिएको थियो । 

सरसफाई कार्यक्रममा झण्डै २०० बढी विद्यार्थीहरु, प्राध्यापकहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सफा समुदाय, स्वाथ्य जीवन भन्ने नाराका साथ हामीले उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुनिल भण्डारीले बताए ।

ग्रीन क्लिब धनगढीसँगको समन्वयनमा गरिएको उक्त कार्यक्रम आफू बस्ने वरपर सफा, सुग्घर राखे वातावरण स्वच्छ भई जीवन स्वाथ्य बन्छ भन्ने उदेश्य बोकी गरिएको ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए । साथै उनले आगामी दिनमा कम्तीमा हप्ताको एक दिन उक्त सरसफाई कार्यक्रमलाई निरन्तरता दिने क्लबले जनाएको छ ।  

clock शुक्रबार १५, बैशाख २०८० १४:०५

प्रतिक्रिया