धनगढीमा क्याम्पस स्तरीय फुटसल कप सुरु

  बिहिबार २९, चैत २०८० ०८:५६

धनगढी । धनगढीमा  क्याम्पस स्तरीय फुटसल कप सुरु भएको छ। ऐश्वर्य विद्यार्थी समाजको आयोजनामा वडा–५ अध्यक्ष दोस्रो एएमसी फुटसल लिग सुरु भएको हो । 

प्रतियोगिताको एक कार्यक्रमका बिच ऐश्वर्य बहुमुखी क्याम्पसका प्राचार्य धर्मदेब भट्टले उद्घाटन गरेका छन् । फल्याटल्यान्ड फुटसलमा सुरु भएको प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ट्रफि मेडल तथा प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद २५ हजार ट्रफि मेडल तथा प्रमाणपत्र र तृतीय पुरुस्कार नगद १५ हजार रहेको समाजका अध्यक्ष महेशराज जोशीले बताए।

यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक र राइजिङ खेलाडीलाई नगद तथा ट्रफि पनि प्रदान गरिने छ। टिम दर्ताका लागि ७ हजार रुपैँया तोकिएको छ। 

clock बिहिबार २९, चैत २०८० ०८:५६

प्रतिक्रिया