महिला एकल कातामा सुदूरपश्चिमकी वर्षा स्वर्ण पदक जित्न सफल

  मङ्गलबार २७, चैत २०८० १२:३४

धनगढी । महिला एकल कातामा सुदूरपश्चिमलाई वर्षा साउदको स्वर्ण पदक दिलाएकी छिन् । 

प्रदेश खेलकुद परीसद बागमतीले आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पदक दिलाएकी हुन् । 

यस्तै महिला टिम काता तर्फ वर्षा साउद, देवी चौधरी र तपस्या चन्दले कास्य पदक जित्न सफल भएका छन् । 

पुरुष एकल कातामा सुदूरपश्चिमका धर्मन्द्र ऐमीले कास्य पदक र आशिष धामीले ८४ केजी तौल समूहमा कास्य पदक जितेका छन् । 

यस्तै यस्तै महिला ५० केजीमा रीया पुजाराले कास्य पदक जितेकी छन् । 

clock मङ्गलबार २७, चैत २०८० १२:३४

प्रतिक्रिया