नयाँ वर्षको अवसरमा रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने

  सोमबार २६, चैत २०८० १०:२३

धनगढी । नयाँ वर्षको पूर्व सन्ध्यामा रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । फाप्ला स्पोर्ट्स क्लवको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको हो ।

फाप्ला स्पोर्ट्स क्लवका अध्यक्ष कीसोर बहादुर शाहिले चैत्र ३० गते रात्रिकालीन पेनाल्टी सुट आउट प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले प्रतियोगितामा ३५ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउन सक्ने भन्दै ३२ वटै टिमको सहभागिता रहेने जानकारी दिए ।

टीम दर्ता गर्दा ५ हजार शुल्क लाग्ने छ भने २९ गते बेलुका ५ बजे सम्म टीम दर्ता गरीसक्नु पर्ने उनले बताए । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारका साथै ट्रफी, द्वितीय हुने टिमले नगद २५ हजार र ट्रफी, तेस्रो हुने टीमले नगद १० हजार र ट्रफी पुरस्कार पाउने अध्यक्ष शाहिले जानकारी दिए ।

प्रतियोगिता धनगढीमा रहेको फाप्लामा चैत्र ३० गते साँझ ४ बजेबाट शुरु भई राति १२ बजे नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै समापन गरिने छ ।

clock सोमबार २६, चैत २०८० १०:२३

प्रतिक्रिया