बैतडी प्रशासनले शनिवार बाहेकका बिदाका दिन पनि सेवा दिने

  बिहिबार १४, बैशाख २०८० १३:०४

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले शनिवार बाहेकका बिदाका दिन पनि सेवा दिने भएको छ। प्रशासन कार्यालयले  शनिवार बाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ।

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

२०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ। यसअघि  जिल्ला प्रशासन कार्यालयमा  छिटोछरितो सेवा प्रदान गर्न भन्दै ‘टाइम कार्ड’  लागू भएको छ।

प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो। यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ।  सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो।  

clock बिहिबार १४, बैशाख २०८० १३:०४

प्रतिक्रिया