धनगढी हाफ म्याराथनको सह–प्रायोजक चैतन्य पाठशाला

  बुधबार २१, चैत २०८० १६:३१

धनगढी । नयाँ वर्षका दिन धनगढीमा आफ म्याराथन हुने भएको छ। धनगढी जेसिजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ धनगढी हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो।

उक्त प्रतियोगितामा सह प्रायोजकको रुपमा धनगढीमा रहेको चैतन्य पाठशाला बनेको छ। चैतन्य पाठशालाका तर्फबाट अध्यक्ष गणेश जोशी र धनगढी जेसिजका तर्फबाट म्याराथन संयोजक आशिष शाहले सम्झौता पत्रमा बुधवार हस्ताक्षर गरे।

 विभिन्न सामाजिक क्षेत्रहरुमा उत्तरदायित्व वहन गर्दै आएको चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्व अनुसार धनगढी हाफ म्याराथनलाई साथ दिएको पाठशालाका अध्यक्ष गणेश जोशीले बताए। धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ। 

म्याराथन चार वटा विधामा हुनेछ। २१ दशमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिता संयोजक आशिष शाहले जानकारी दिए।

२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको छ। जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको छ।
 

clock बुधबार २१, चैत २०८० १६:३१

प्रतिक्रिया