सुदूरपश्चिमका २ सहित थप ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु
धनगढी । सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका त्रिशक्ती कन्स्ट्रक्सन प्रालि कैलाली र गणपति कन्स्ट्रक्सन कंचनपुर रहेका छन्।
समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुनस् ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ। तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा परप्ने छन् ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया