डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  बुधबार १३, बैशाख २०८० ०८:३९     विश्वास खबर

डोटी। जोरायल गाउँपालिका-१ कि एक महिलाको  भिरबाट लडेर मृत्यु भएको छ ।जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन। दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए ।

प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।

clock बुधबार १३, बैशाख २०८० ०८:३९     विश्वास खबर

प्रतिक्रिया