धनगढीको एसपीए काण्ड : पक्राउ परेका मास्टर भट्ट विरुद्ध बाल यौन दुर्व्यवहार मुद्दा दर्ता
धनगढी । कैलालीस्थित धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए।
सोमबार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको थियो। आरोपित भट्ट सोही दिन पक्राउ परेका थिए।
भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइन मार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु पठाउने गरेको भट्टमाथि आरोप छ।
सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी थानामा लगेको थियो।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया