नेपाली महिला क्रिकेट टोलीका पूर्व कप्तान नेरी थापाको सन्यास

  मङ्गलबार ०६, चैत २०८० १०:३८

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व कप्तान नेरी थापाले सन्यासको घोषणा गरेकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेरीले आफ्नो १७ वर्षे क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरेकी हुन् । 

उनी नेपाली महिला क्रिकेट टोलीको पहिलो कप्तान पनि हुन् ।

उनको कप्तानीमा महिला राष्ट्रिय टोलीले सन् २००८ र २०१० मा एसीसी १९ वर्षमूनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । 

नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । 

clock मङ्गलबार ०६, चैत २०८० १०:३८

प्रतिक्रिया