धनगढीको एसपीए कलेजका ‘मास्टर’को यस्तो अश्लिल कर्तुत .........

  सोमबार ११, बैशाख २०८० १८:१४

धनगढी । धनगढीको एसपीए कलेजका एक शिक्षकको कर्तुत सार्वजनिक भएको छ। आज (सोमवार) एसपीए क्याम्पसमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टको कर्तुत सार्वजनिक भएको हो।

भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ।

सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी थानामा लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

पीडित किशोरीले आफूलाई भट्टले दुर्व्यवहार गर्ने गरेको कुरा फाइनान्स विषयको कोर्डिनेटर म्यामलाई जानकारी गराएपनि उनले घटना ढाकछोप गर्न दवाव दिएको बताइन्।

आफूलाई पटकपटक दुर्व्यवहार भएपछि घटना सार्वननिक गर्न बाध्य भएको उनको दाबी छ। यता, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्ले भने उक्त विषयमा दुबै पक्षबिच छलफल गराइरहेको बताए।

clock सोमबार ११, बैशाख २०८० १८:१४

प्रतिक्रिया