गौरीगंगा गोल्डकपः स्टार सिटी ब्वाईज युनियन सेमिफाईनलमा

  बुधबार २३, फागुन २०८० २०:०२

धनगढी । कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप२०८० मा स्टार सिटी ब्वाईज युनियन सेमिफाईनलमा प्रवेश गरेको छ । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको खेलमा जित हात पार्दै स्टार सिटी ब्वाईज युनियन अन्तिम चारमा पुगेको हो । 

स्टार सिटी ब्वाईज युनियनले विएस १५ क्लबलाई २–० ले हराएको हो । खेलमा कुवेर सिंहले उत्कृष्ट प्रदर्शन गर्दै टीमका लागि दुई गोल गरे । उनले पहिलो हाफको ३२ औं मिनेटमा पहिलो र दोस्रो हाफको ८७ औं मिनेटमा दोस्रो गोल गरे । उनी खेलको म्यान अफ द म्याच भए । उनले नगद पाँच हजार सहित ट्रफी पाए । 

यस्तै प्रतियोगिताको रोकिएको उद्घाटन खेलमा सुदुुरपश्चिम ११ विजयी भएको छ । हिजो साँझ परेका कारण रोकिएको खेलको बाँकी समय खेलाईएको खेलमा सुप ११ ले घोडाघोडी युवा क्लबलाई १–० ले हरायो । सुप ११ का लागि दोस्रो हाफको ७२ औं मिनेटमा अमर डंगोलले निर्णायक गोल गरे । उनले खेलको म्याच अफ द म्याच हुँदै नगद पाँच हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली आयोजक गौरीगंगा ११  स्पोर्टस क्लब र अछामको ब्याक एन्जल बीच खेल हुनेछ ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।
 

clock बुधबार २३, फागुन २०८० २०:०२

प्रतिक्रिया