कैलालीमा माेटरसाइकल दुर्घटनामा घाइते प्रहरी सहायक हवलदारकाे मृत्यु

  आइतबार १०, बैशाख २०८० ०९:११     विश्वास खबर

 धनगढी । कैलालीमा माेटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ट्राफिक प्रहरी सहायक हवलदारकमे मृत्यु भएकाे छ ।

बिहीबार साँझ धनगढीकाे माेहनापुल अत्तरिया ६ लेन सडकमा आफैले चलाएकाे म १ प ३८७४ नम्बरकाे माेटरसाईकल दुर्घटना हुँदा प्रहरी सहायक हवलदार जनक धामीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जाेहाेरीले बिहीबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका धामीकाे माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे बताए । धामीकाे शनिबार राति मृत्यु भएकाे हाे ।

उनकाअनुसार बिहीबार साँझ करीब ७ बजेकाे समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठाेक्किएर दुर्घटना भएकाे थियाे । उनकाे शव परीक्षणपछि परिवारकाे जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

clock आइतबार १०, बैशाख २०८० ०९:११     विश्वास खबर

प्रतिक्रिया