आज अक्षय तृतीया मनाइँदै

  आइतबार १०, बैशाख २०८० ०७:४०

काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ ।

आज (आइतबार) गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । वृद्धवृद्धालाई छाता र लौरो दान गर्ने चलन छ ।

यस अवसरमा हिन्दु धर्मालम्बीहरूले जौको सातु तथा सर्वत खाने गर्दछन् । आजकै दिन सत्य युगको अन्त्य भई त्रेता युगको सुरु भएको विश्वास गरिन्छ ।

यस्तै, भगवान विष्णुको छैठौं अवतारको रुपमा परशुरामको जन्म पनि आजै भएको थियो भने देवादी देव महादेव र हिमालय पुत्री पार्वतीको विवाह पनि आजका दिन भएको शास्त्रीय वर्णन छ ।

clock आइतबार १०, बैशाख २०८० ०७:४०

प्रतिक्रिया