धनगढी फन सीटिको सेवा पुनः सुचारु, विद्यार्थीलाई ५० प्रतिशत छुट

  शनिबार ०९, बैशाख २०८० १२:२०     विश्वास खबर

धनगढी । धनगढीमा रहेको धनगढी फन सीटी वैशाख १ गतेबाट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–२ भन्सारमा रहेको धनगढी फन सीटी एण्ड वाटर पार्क वैशाख १ गतेबाट सञ्चालनमा आएको हो। 

धनगढी फन सीटी एण्ड वाटर पार्कले पत्रकार सम्मेलनको आयोजना गर्दै सेवा पुनः सुरु भएको बताएको छ। पार्कका अध्यक्ष उपेन्द्र विष्टले नेपाल तथा भारतका पर्यटकहरुका लागि फर्न पार्क खुल्ला गरिएको बताए । उनका अनुसार विद्यालय मार्फत समुहमा आउने विद्यार्थीका लागि ५० प्रतिशतसम्म शुल्क छुट गरिएको छ।

झण्डै ६ वर्ष पहिला बाहिरी र आन्तरीक पर्यटक भित्र्याउन धनगढीमा वाटर पार्क सञ्चालनमा छ। कोरोना भाइरसको महामारीका कारण बन्द भएको पार्क नयाँ वर्षसँगै पुनः सुचारु भएको हो। 

स्वच्छ गार्डन, स्विमिङ पुलसंगै रेस्टुरेन्टको समेत सुविधा रहेको उक्त फन सीटीमा बर्थडे पार्टी र पारिवारिक पार्टी पनि गर्न सकिने अध्यक्ष विष्टले बताए । त्यस्तै फन सीटीमा अनुभवी स्विमरद्वारा स्विमिङ ट्रेनिङ्ग पनि गराइने तयारी भईरहेको उनले बताए ।

फन पार्कमा बच्चाका लागि ३ फिटसम्मको एउटा र युवाका लागि ६ फिटसम्म गहिरो गरि दुृईवटा फरक फरक स्विमिङ पुल रहेका छन् । त्यसैगरि फन पार्कमा सुविधासम्पन्न पार्किङ, गार्डेन, खाना र नास्ताका विभिन्न परिकारसहितको रेष्टुरेन्ट र सुविधासम्पन्न चेन्जीङ्ग रुम लगायतका सेवा सुविधाहरु रहेका छन् ।

clock शनिबार ०९, बैशाख २०८० १२:२०     विश्वास खबर

प्रतिक्रिया