कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव फेला

  शनिबार ०९, बैशाख २०८० ११:२३

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ। चन्दको शव २२ घन्टापछि आज बिहान फेला परेको हो।

शव आक्रमण गरेको केहि पर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए। उनको शवलाई अहिले अस्पताल लग्ने तयारी भइरहेको डाँगीले बताए। शुक्रवार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो। गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए।

तर चन्दलाई बाघले आक्रमण गरी लगेको थियो। सँगै गएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी खप्टिनाला क्षेत्र पुगेका थिए।

खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिइसकेको छ। आज बिहान डार्ट गरेर बाघलाई लठ्याएर नियन्त्रणमा लिईएको हो।

बाघलाई नियन्त्रणमा लिन र बेपत्ता पारिएकी महिलाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको प्राविधिक टोली रातीको करिब ९ बजे खप्टिनालामा छिरेका थिए। नियन्त्रणमा लिईएको बाघलाई शुक्लाफँटा राष्ट्रिय निकुञ्ज लगिदै छ।

clock शनिबार ०९, बैशाख २०८० ११:२३

प्रतिक्रिया