कैलालीमा प्रहरी नै लागुऔषध ओसारपसारमा संलग्न

  शनिबार ०९, बैशाख २०८० ०६:२५

धनगढी । कैलालीमा प्रहरी नै लागुऔषध ओसार पसारमा संलग्न भएको आरोप लागेको छ। कानुनको पालना गर्न लगाउनु र गैर कानुनी काममा रोक लगाउने कार्य प्रहरीको काम भएपनी कैलालीमा भने प्रहरी नै लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको हो।

बुधवार इलाका कार्यलय भजनी बाट प्रहरी निरीक्षक मान सिहं एैरीको कमाण्डमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिको भतरतीय सिमा नजिकै कुशुमघाट ३३ ग्राम ब्राउन सुगर सहित दुईजना प्रकाउ परेकोमा अनुसन्धान गर्दै जादा एक जना प्रहरी जवान रहेको खुलेको छ।

लागुऔषध ओसार पसार गरि रहेको अबस्थामा प्रकाउ परेका दुईजना मध्य एक जना प्रहरी जवान रहेको कैलालीका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिए । पछिल्लो समय कैलालीमा लागुऔषधका घटना दिन प्रतिदिन बढिरहेका छन।

प्रहरी नै लागुऔषध कोरोवारमा संलग्नताले प्रहरी संगठन माथी नै प्रश्न खडा भएको छ । पक्राउ पर्ने प्रहरी जवान अंकित चौधरी इलाका प्रहरी कार्यलय सुखड अन्तर्गत साडेपानी अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए ।

clock शनिबार ०९, बैशाख २०८० ०६:२५

प्रतिक्रिया