चैतन्य पाठशालाले मनायो धनगढीमा आमाको मुख हेर्ने दीन

  बिहिबार ०७, बैशाख २०८० १५:४५     विश्वास खबर

धनगढी । चैतन्य पाठशालाले धनगढीमा आमाको मुख हेर्ने दीन अर्थात् मातातीर्थ औँसी मनाएको छ । धनगढी ५ शिवनगरमा रहेको पाठशालाले आफ्ना आमा अभिभावकलाई सम्मान गर्दै मातातीर्थ औँसी मनाएको हो । 

विद्यालयकी ज्येष्ठ आमा अभिभावक विष्णु देवी थापा प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, प्रधानाध्यापक हरि प्रसाद जोशी,सञ्चालक समिति सदस्य एवं संस्थापक प्रिन्सिपल उदय प्रताप सिंहको सहभागिता रहेको थियो । उनीहरूले स्कुलमा उपस्थित सबै आमाहरूलाई मायाको चिनो सहित सम्मान गरेका थिए । 

No description available.

कार्यक्रममा विद्यालयका अध्यक्ष एवं चैतन्यका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले आमा शब्दको पवित्रता र यसको महिमा बारे चर्चा गर्दै धनगढीमा पहिलो पटक मातातीर्थको पवित्र दिनमा सृष्टि कर्ता ,ममताकी प्रतिमूर्ति सम्पूर्ण मातृ शक्ति लाई नमन गर्दै यो कार्यक्रम आयोजना गरिएको बताए । 

No description available.

वर्तमान समयमा आमाको ममताले नै आदर्श समाजको निर्माण गर्न सकिने बताउँदै उनले त्यसको लागि आमाहरू शिक्षित नभए पनि असल मार्ग निर्देशनका कारण देश र सम्पूर्ण विश्वको कल्याणमा अहम् भूमिका निर्वाह भइरहेको बताए । 

चैतन्य पाठशालाका शिक्षक रमेश क्षेडालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य हेमा जोशीले गरेकी थिइन ।

No description available.

clock बिहिबार ०७, बैशाख २०८० १५:४५     विश्वास खबर

प्रतिक्रिया