अछाममा ब्लड बैंक स्थापनाका लागि महोत्सव
अछाम । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लब अफ साँफेबगरले महोत्सव सञ्चालन गर्ने भएको छ।
अस्पतालमा उपचारका लागि आएका बिरामीका लागि रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै महोत्सव सञ्चालन गर्न लागिएको हो। महोत्सव सञ्चालन गर्ने अन्य आर्थिक संकलन गरेर ब्लड बैंक स्थापना गर्न लागिएको आयोजकले जनाएको छ।
लाई रगतको समस्या समाधानका लागि क्लबले ब्लड बैंक स्थापना गर्ने भएको हो। अन्य आर्थिक संकलनसहित महोत्सवको आयोजना गरी रकम संकलन गर्ने भएको छ।
महोत्सव जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा रहेको निर्माणाधीन बसपार्कमा यही माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिए।
अस्पतालमा बाजुरा डोटी लगायतका अन्य जिल्लाबाट बिरामी उपचारका लागि आउँछन्। महोत्सव अवधिभर रक्तदान कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया