धनगढी–५ को चार स्थानमा चिसो खानेपानीका धारा

  बिहिबार ०७, बैशाख २०८० १५:२३

धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को चार स्थानमा चिसो खानेपानीका धारा जडान गरिएको छ। वडा नम्बर ५ को कार्यालयको पाँच लाख ६० हजारको लागतमा चार स्थानमा चिसो खानेपानीका धारा जडान गरिएको हो। 

वडाध्यक्ष गजेन्द्र शाहीले गर्मीको समयमा वडावासीलाई चिसो खानेपानीको व्यवस्था गरिएको बताए। उनले भने, ‘हामीले वडाका चार ठाउँमा चिसो खानेपानीको व्यवस्था गरेका छौ। अन्य चोकहरुमा पनि खानेपानीका धारा जडान गर्ने योजना छ।’ 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को पिपल चौतारा, लव्ली चोक, यातायात र जाईमा धारा जडान गरिएको हो। कुलरसहितको धाराबाट चिसो पानी आउने उनले बताए। धाराको एक वृद्धले बिहीवार उद्घाटन गरेका थिए।

clock बिहिबार ०७, बैशाख २०८० १५:२३

प्रतिक्रिया