अछाम घर भएकी सब-इन्जिनीयर रावलको निधन

  मङ्गलबार २३, माघ २०८० १२:१८

धनगढी । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रमिता रावलको निधन भएको छ ।

नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको आज बिहान निधन भएको हो ।

नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो ।

उनी लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

clock मङ्गलबार २३, माघ २०८० १२:१८

प्रतिक्रिया