घोडाघोडीमा आगलागी हुँदा २ लाख ५० हजार बरावरको क्षति

  बुधबार ०६, बैशाख २०८० १७:५४

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा २ तले घरमा आगलागी भएको छ । कैलाली घोडाघोडी नगरपालिका ०२ साडेपानी बस्ने कृष्ण बिस्टको काठले बनेको २ तले ४ कोठे टायलले छाएको कच्चीमा आगलागी भएको हो । 

घर नजिकै खेतमा गहुँको काटेको नलमा लगाएको आगोबाट हावाको कारणले एक्कासि घरमा सल्किन गई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लुगा, भाँडाकुँडा, काठ पात, सुनको तिलहरी गरी जम्मा अन्दाजी २ लाख ५० पचास हजार बराबरको क्षति भएको उनले बताए ।

अस्थायी प्रहरी पोस्ट साडेपानी बाट प्रहरी सहायक निरीक्षक महेश कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोली, स्थानीय  र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । 

clock बुधबार ०६, बैशाख २०८० १७:५४

प्रतिक्रिया