चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

  बुधबार ०६, बैशाख २०८० १२:२५

धनगढी । कैलाली जिल्ला अदालतबाट जरीवाना भई फरार रहेका प्रतिबादी प्रहरीले पक्राउ गरेको छ । अदालतले २०७६।१०।१५ गतेको फैसलाले २ महिना ८ दिन कैद र १०,००० जरिवाना भई फरार रहेका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ११ बस्ने २२ वर्षिय दिनेश रानालाई प्रहरी पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकमा प्रहरी टोलीले आज  धनगढी उपमहानगरपालिका ११ बाट पक्राउ गरी कैलाली जिल्ला अदालत पेस गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए । 

clock बुधबार ०६, बैशाख २०८० १२:२५

प्रतिक्रिया