सिसिएस प्लस टु’ बी, त्रिनगर, होलिल्याण्ड र एलायन्स स्कुल‘सिसिएस प्लस टु’ कप को सेमिफाइनल प्रवेश

  बुधबार १७, माघ २०८० १८:४६

धनगढी । धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको  सेमि फाइनल समिकरण पुरा भएको छ । बुधबार क्वाटर फाइनलका ४ खेल सकिए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

सेमि फाइनल पुग्नेमा सिसिएस प्लस टु’ बी, त्रिनगर माध्यमिक बिद्यालय, होलिल्याण्ड इङ्लिस स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी रहेका छन् । धनगढी रगंशालामा सम्पन्न ४ क्वाटर फाइनल अन्तरर्गतका खेलबाट सो टिम सेमि फाइनल प्रवेश गरेका हुन् ।

सेमिफाइनल चरण अन्तर्गत  आज भएको पहिलो खेल अन्तर्गत सिसिएस प्लस टु’ बी ले धनगढीको वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको छ । वेस्टर्न क्रिस्टल एकेडेमी भने क्वाटर फाइनल बाटै बाहिरिएको छ । आजै भएको दोश्रो खेलमा त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको लोटस आई बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । यस संर्ग ला्टस आई प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै भएको तेश्रो खेल अन्तर्गत होलिल्याण्ड बोर्डिङ स्कुलले धनगढी नमुना माध्यमिक बिद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । होलिल्याण्डको सेमि फाइनल यात्रा संगै धनगढी नमुना माध्यमिक बिद्यालय क्वाटर फाइनलबाट बाहिरिएको छ ।

आजै सम्पन्न अन्तिम चौथो खेलमा धनगढीको एलायन्स इन्टरनेश्नल स्कुलले धनगढीकै सरस्वती माध्यमिक बिद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो सेमि फाइनल यात्रा तर गरेको छ । आजको खेलमा पराजित भए संगै सरस्वती माबीको सेमि फाइनल यात्रा रोकिएको हो । 

सेमि फाइनल चरणका २ खेल १८ गते बिहिबार हुने छन् । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

clock बुधबार १७, माघ २०८० १८:४६

प्रतिक्रिया