धनगढीमा गुरु जी युनिफर्म सञ्चालनमा

  मङ्गलबार ०५, बैशाख २०८० १७:४९

धनगढी । धनगढीमा गुरु जी युनिफर्म सञ्चालनमा आएको छ । सबै प्रकारका तयारी कपडा उपलब्ध गराउने उद्देश्य सहित गुरु जी युनिफर्म सञ्चालनमा आएको हो । सबै जातजाती, धर्म, रितिरिवाजमा लगाइने पहिरन अब गुरु जी युनिफर्ममा उपलब्ध हुने सञ्चालक शतिस जोशीले जानकारी दिए ।

गुरु जी युनिफर्ममा सम्पुर्ण बिद्यालयका स्कुल ड्रेस लगायत सबै किसिमका तयारी पोसाकहरु उपलब्ध हुने जोशीको भनाई छ । धनगढी मेनरोड माछापुच्छ्र्रे बैकं अगाडी सञ्चालनमा आएको गुरु जी युनिफर्मले सुलभ दरमा सबै किसिमका ड्रेस उपलब्ध गराउने बताएको छ ।

गुरु जी युनिफर्मको एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् । यस्तो आर्थिक मन्दीका बेलापनि आफ्नो ब्यवसायलाई बिस्तार गर्न सफल भएकोमा गुरु जी युनिफर्मलाई जोशीले धन्यबाद दिए । 

उनले एकै ठाउँमा सबै किसिमका ड्रेस उपलब्ध गराउने धनगढीमा एक मात्र गुरुजी युनिफर्म भएको बताउँदै जोशीले थप ब्यवसायिक सफलता गर्दै यहाँका नागरिकहरुका लागी रोजगारी श्रृजनामापनि उल्लेख्य योगदान दिन सुझाव दिए ।

यसअघी गुरु जी युनिफर्म अगाडीकै भवनमा गुरुजी लेडिज बुटिक सञ्चालनमा आइसकेको छ । लेडिजका सम्पुर्ण कपडा सहित धनगढी मेनरोड स्थित माछापुर्छे बैकं रहेको घरमा बुटिक सञ्चालनमा आइसकेको हो । फेसन डिजाइनर सहित गुरुजले लेडिज बुटिक सञ्चालनमा छ । 

सोही ठाउँमा पुरुषका लागी चाहिने सम्पुर्ण कपडा सहित गुरुजी सटिङ सुटिङ पनि सञ्चालनमै छ । सुदूरपश्चिममै उत्कृष्ट बन्न सफल गुरुजी सटिङ सुटिङ जस्तै बुटिकपनि उत्कृष्ट बन्ने सञ्चालकले अपेक्षा लिएका छन् । अब लेडिज र जेन्सका लागी चाहिने सबै प्रकारका आधुनिक किसिमले बनाएका कपडा एउटै ठाउँमा उपलब्ध हुने भएपछि ग्राहकहरुलाई पनि सहज हुने सञ्चालकको भनाई छ ।

clock मङ्गलबार ०५, बैशाख २०८० १७:४९

प्रतिक्रिया