होटल व्यवसायी संघ डोटीको अध्यक्षमा खड्का

  मङ्गलबार ०५, बैशाख २०८० १६:२२

डोटी । होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लोक बहादुर खड्का निर्वाचित भएका छन् । संघको १५ औं साधारण सभा एवं पाँचौं जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।

खड्काको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको हो । संगको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिश कुँवर निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् । सदस्यहरुमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले व्यवसायिहरुको हित र व्यवसायिक विकासका लागि व्यवसायिक एकता आबस्यक रहेको बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले होटल व्यवसायहरूको सेवा, सत्कार र व्यवहारले जिल्लाको पहिचान झल्किने भएकाले होटल व्यवसायलाई पाहुना घरका रूपमा सञ्चालन गर्न सुझाव दिए। 

साथै उनले बालबालिकाहरुलाई श्रममा प्रयोग नगर्न अनुरोध गर्दै बालश्रमिक मुक्त नगर बनाउन सहयोग गर्न आग्रह गरे । नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष राजेन्द्र शाहीले आजै पद हस्तान्तरण गरेका छन् ।

clock मङ्गलबार ०५, बैशाख २०८० १६:२२

प्रतिक्रिया