बैतडीमा ७ वर्षीया बालिका मृत फेला

  मङ्गलबार ०५, बैशाख २०८० ०९:५३     विश्वास खबर

बैतडी । बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छिन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर–४ बाट सोमबार हराइरहेकी बालिका आज ९मंलवार० मृत फेला  परेकी हुन्।  

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार स्थानीय रमेश चन्दकी ७ वर्षीया छोरी ललिता चन्द आज बिहान ७ः३५ बजे मङराउ खोलामा मृत अवस्थामा फेला परेकी हुन्।

 उनी सोमबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

clock मङ्गलबार ०५, बैशाख २०८० ०९:५३     विश्वास खबर

प्रतिक्रिया