धनगढीको ६ लेन सडकमा ट्राफिक संकेत राख्दै ट्राफिक प्रहरी

  सोमबार ०४, बैशाख २०८० १७:५५

धनगढी । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ ।

६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा सांकेतिक चिन्ह्र अंकित बोर्ड लगाइरहेका छन् ।

प्रमुख ट्राफिक प्रहरी निरीक्षक जोहोरीले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्ह्रहरु राख्न लागिएको जानकारी दिए ।

सांकेतिक चिन्ह्रले मानिसमा सही लेन प्रयोगको ज्ञानसँगै दुर्घटनाको जोखिम पनि कम गर्ने जोहोरीको विश्वास छ । प्रहरीले सडक क्षेत्रमा राखिरहेका सांकेतिक चिन्ह्रसहितका बोर्ड भने धनगढी उपमहानगरपालिकाले तयार गरेर हस्तान्तरण गरेको थियो ।

clock सोमबार ०४, बैशाख २०८० १७:५५

प्रतिक्रिया