कञ्चनपुरमा चितुवाको छाला बरामद
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले चितुवाको छाला बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेडिको टुडिखेलस्थित सिमलको रुखमा सुकाउन राखिएको छाला खल्लास्थित सशस्त्र प्रहरीको बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।
गएराति सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र ऐरको कमाण्डमा खटिएको टोलीले महाकाली नदी किनारमा रहेको सिमलको रुखबाट छाला बरामद गरेको हो।
बरामद गरेको छाला वन कार्यालय कञ्चनपुरलाई हस्तान्तरण गरेको अत्तरियास्थित बैद्यनाथ बाहिनीका प्रवक्ता एसपी बीरेन्द्र ऐरले बताए।
प्रतिक्रिया