चिसोका कारण दिल्लीका विद्यालयमा जाडो बिदा लम्बियो

  मङ्गलबार २४, पुष २०८० ०९:३४

काठमाडौं । दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडो बिदा जनवरी १२ सम्म बढाएको छ । 

नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि चिसो मौसमका कारण दिल्लीका विद्यालयहरूले आगामी ४ दिनका लागि बिदा बढाएका हुन् । 

यस सम्बन्धमा आइतबार दिल्ली सरकारबाट औपचारिक आदेश पनि जारी गरिएको छ । दिल्ली लगायत उत्तर भारतका धेरै राज्यमा शितलहर चलिरहेको छ ।

clock मङ्गलबार २४, पुष २०८० ०९:३४

प्रतिक्रिया