धनगढी उपमहानगरद्वारा कैलाली ट्राफिकलाई उपकरण सहयोग
धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई विभिन्न उपकरणहरु सहयोग गरिएको छ। आज धनगढी उपमहानगरपालिकाले प्रहरीलाई ट्राफिक उपकरणहरु सहयोग गरेको हो।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सवारी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ट्राफिक उपकरणहरुको उपलब्धताका लागि प्रहरीले उपमहानगरलाई धन्यवाद ब्यक्त गरेको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी रानाले सयूक्त रुपमा ट्राफिकलाई ब्रेथलाईजर २ थान, हुईल लक ५ थान, म्याजिक लाईट २ थान र ट्राफिक संकेत बोर्ड ६० थान प्रखान गरेको थियो।
प्रतिक्रिया