धनगढीको ‘पार्क’ प्रवेशमा दरभन्दा बढी रकम असुली

  आइतबार ०३, बैशाख २०८० १२:००     विश्वास खबर

धनगढी । धनगढीको दशरथ भीम उद्यान (पार्क) प्रवेशमा ठेकेदार कम्पनीले मनोमानी ढगंले रकम असुल गर्दै आएको छ । कम्पनीले नगर सभाबाट पारित गरिएको दर विपरीत रकम असुली हुँदै आएको हो। 

धनगढी उपमहानगरपालिकाको नगर सभाले भीम उद्यान प्रवेशका लागि स्वदेशी नागरिकबाट १० रुपैयाँ, विदेशी नागरिकबाट ४० रुपैयाँ, फोटो खिच्ने क्यामराबाट २० रुपैयाँ, भिडियो क्यामराबाट चार सय रुपैयाँ र फिल्मका लागि पाँच सय रुपैयाँ प्रदेश शुल्कको दर बनाएको छ।

तर पार्क प्रवेशमा स्वदेशी नागरिकबाट २५ रुपैयाँका दरले रकम असुली हुँदै आएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्ले गरिएको छ।

महालेखाको प्रतिवेदनमा भीम उद्यानमा होली हङ्गामा कार्यक्रमको आयोजना गर्दै एक सय ५० रुपैयाँसमेत लिने गरिएको उल्लेख गरिएको छ।

नगर सभाबाट पारित गरिएको दर रेट भन्दा बढी रकम असुली गर्ने कम्पनीलाई कारबाही गर्न महालेखाले उपमहानगरपालिकालाई निर्देशन दिएको छ। 

clock आइतबार ०३, बैशाख २०८० १२:००     विश्वास खबर

प्रतिक्रिया