वालुवाटारमा राति प्रहरीबाटै चल्यो गोली, वर्षमान पुनकी आमा घाइते
काठमाडौं । काठमाडौंस्थित वालुवाटारमा भीआईपीको सुरक्षामा खटिएका प्रहरीले गोली चलाएका छन् ।
सुरक्षा स्रोतका अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमा बस्ने गरेको वालुवाटारको घरमा गोली चलेको हो ।
उक्त प्रहरीले चलाएको गोली लागेर वर्षमानकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको हो ।
गोली चलाउने प्रहरीलाई राति करिब १ बजे नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको जनाइएको छ । हाल उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया