कञ्चनपुरका उखु किसानले एक हप्ताभित्र ३२ करोड अनुदान भुक्तानी पाउने

  बुधबार ०४, पुष २०८० ०६:५९

कञ्चनपुर । सरकारले कञ्चनपुरका उखु किसानको बाकी रहेको ३२ करोड रुपैयाँ अनुदान तत्काल भुक्तानी दिने भएको छ। मंगलवार अर्थ मन्त्रालयले कञ्चनपुरका उखु किसानको दिन बाकी रहेको अनुदान रकम वितरण गर्न महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको छ।

उखु किसानलाई महालेखा नियन्त्रण कञ्चनपुर कार्यालयले केहि दिनमै रकम वितरण गर्ने छ। कञ्चनपुर किसान समितीका अध्यक्ष हरि चन्द ठकुरी, कञ्चनपुर क्षेत्र ३ का सासद रमेश लेखक लगायतको टोलिले अनुदान रकमको लागि सरकारलाई ज्ञापन पत्र समेत बुझाएका थिए।

कञ्चनपुरका उखु किसानहरुले अनुदान रकम यसै हप्ता भित्र पाउने र उखुको रकम वृद्धि गर्ने सरकारले प्रस्ताव गरेको सुदुरपश्चिम् किसान हक हित समितिका अध्यक्ष हरेन्द्रसिँह विष्टले बताए। 

clock बुधबार ०४, पुष २०८० ०६:५९

प्रतिक्रिया