सेतीमा बिरामीको पेटभित्रै रक्सीको क्वाटर फेला

  बिहिबार ३०, चैत २०७९ १४:२१

धनगढी । कैलालीको धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ। सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।

धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।

उनकाअनुसार केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।

clock बिहिबार ३०, चैत २०७९ १४:२१

प्रतिक्रिया