कैलालीमा जुवातास खेलिरहेका १५ जुवाडे पक्राउ

  बिहिबार ३०, चैत २०७९ ०९:४९     विश्वास खबर

धनगढी । कैलालीमा बुधवार १५ जना  जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको टिकापुर नगरपालिका –१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१हजार ६९५ रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टिकापुर नपा –१४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङ्गाना–५ दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का विक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्।

त्यस्तै सोही  ठाउँकै  वडा–१ का वर्ष ६८ का दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

टिकापुर नगरपालिका–१ बस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल,वर्ष ४९ को देब बहादुर रावल,वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका राजु हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही,५० वर्षका दल बहादुर साउँद, ५८वर्षका हिरालाल कोइराला र ६३ वर्षका लोक बहादुर साउँद रहेका छन्।

clock बिहिबार ३०, चैत २०७९ ०९:४९     विश्वास खबर

प्रतिक्रिया