उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी

  बिहिबार ३०, चैत २०७९ ०९:४१     विश्वास खबर

धनगढी । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

बुधवार महासंघको ५७ औँ चुनावी साधारण सभाबाट उनी जिल्ला र नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा विजय भएका हुन् । जम्मा ११७ मत खसेकोमा उनले ६६ मत ल्याएर विजय हासिल गरे ।

जिल्ला र नगरको (खुल्ला तर्फ) १८ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्यको कोटामा ३२ जनाको उम्मेदवारी परेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि भुगोलबाट महासंघ केन्द्रीय सदस्य नै थिए ।

clock बिहिबार ३०, चैत २०७९ ०९:४१     विश्वास खबर

प्रतिक्रिया