क्षतिपुर्तिको माग गर्दै बैतडीमा आन्दोलन

  बुधबार २९, चैत २०७९ १४:५९

बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवारले क्षतिपुर्तिको माग गर्दै आन्दोलन थालेका छन । उनिहरुले उचित क्षतिपुर्तिको माग गर्दै शव राजमार्गमा राखेर आन्दोलन थालेका हुन ।

आवश्यक क्षतिपूर्ती नमिले शव नबुझने उनिहरुले अडान लिएका छन । उनीहरु बुधबार बिहानै देखि जयपृथ्वी राजमार्गममा शव राखेर अन्दोलन गरिरहेका छन् ।

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका – ८ को झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुने सबै बझाङको केदारस्यूका हुन् । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । 

जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान बचाएका थिए । जिप चालक २७ बर्षीय अर्जुन बोहरा भने अझै सम्पर्कमा आएका छैन्न । उनि राती देखिनै फरार छन् ।

clock बुधबार २९, चैत २०७९ १४:५९

प्रतिक्रिया