बैतडी जीप दुर्घटना अपडेट : मृतक ६ जनाकै पहिचान

दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु

  बुधबार २९, चैत २०७९ १२:५८     विश्वास खबर

बैतडी । बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु भएको हो । 

मृतक ६ जनाकै पहिचान खुलेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप मंगलबार राति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएको उहाँले बताउनुभयो । १२ जना सवार जीप सडकबाट ५ सय मिटर तल खसेको थियो ।

जीप चालक चालक फरार रहेका छन् । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

clock बुधबार २९, चैत २०७९ १२:५८     विश्वास खबर

प्रतिक्रिया