डोटी र डडेल्धुराका किसानलाई मल्टीक्रप्स थ्रेसर  वितरण

  बुधबार २९, चैत २०७९ १०:५०

धनगढी । डोटी र डडेल्धुराका विभिन्न पालिकाका किसानलाई मल्टीक्रप्स थ्रेसर मेसिन वितरण गरिएको छ । मानवीय सेवामा अनेकौँ प्रयास धनगढीले किसानहरूलाई गहुँको सिजनमा सहज होस भन्ने हेतुले किसानलाई मेसिन वितरण गरेको हो । 

संस्थाका अध्यक्ष भक्तराज जोशीले डोटीको आदर्श गाउँपालिकामा ५ वटा, दिपायल सिलगढी नगरपालिकामा ३ वटा, शिखर नगरपालिकामा ३ वटा, सायल गाउँपालिकामा ३ वटा र पुर्विचौकी गाउँपालिकामा २ वटा मल्टीक्रप्स थ्रेसर वितरण गरेको बताए ।

यस्तै उनले डडेल्धुराको अमरगढी नगरपालिकामा २ वटा समेत गरी १७ वटा समूहलाई मल्टीक्रप्स थ्रेसर वितरण गरिएको बताए । गहुँको सिजनमा किसानलार्य भित्र्याउन सहज होस भनेर थ्रेसर वितरण गरेको उनको भनाई छ ।

clock बुधबार २९, चैत २०७९ १०:५०

प्रतिक्रिया