कञ्चनपुरको पुनर्वासमा एसईई आइडलका दुई अडिसन सम्पन्न

  शनिबार १६, मङि्सर २०८० ०५:५२

धनगढी । कञ्चनपुरको पुनर्वासमा एसईई आईडलका दुई अडीसन सम्पन्न गरिएको छ। प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिले नृत्य र गायन विधाको अडिसन गरेको हो।

सुदूरपश्चिम प्रदेश स्तरीय अडिसन अन्तरगत कञ्चनपुरको पुनर्वासमा आज दुई वटा अडिसन गरिएको आयोजकले बताएको छ। पुनरर्वासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भानु मोमोरियल बोर्डिङ स्कुलमा चौथो अडिसन आयोजना गरिएको हो। विद्यालय उमेर समूहका विद्यार्थीका प्रतिभाका लागि अडिसनहरू गरिएको आयोजकले बताएको छ।

अडिसन सुदूरपश्चिमका नौ जिल्लाका ३० बढी स्थानमा आयोजना गरिने छ। चालु शैक्षिक सत्रमा एसईई दिने विद्यार्थीलाई अडिसनमा सहभागिता गराइदैछ। असोजदेखि फाल्गुनसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा अडिसन सञ्चालन गरिने आयोजकले बताएको छ। 

नृत्य र गायनका ३०/३० जनाले वैशाखमा हुने दोस्रो चरणको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन। उनीहरू मध्ये १५/१५ जनाले २०८१ को असार १ गते हुने अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन। 

उनीहरूबाट एकरएक जना बिजेता र एकरएक जना उपविजेता हुनेछन्। विजेतालाई ५०/५० हजार र उपविजेतालाई २५/२५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। उनीहरूले कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्तिसमेत पाउनेछन्।

clock शनिबार १६, मङि्सर २०८० ०५:५२

प्रतिक्रिया