सन्दीप लामिछाने प्रकरणमा दुई जनाको बकपत्र गराउन आदेश

  आइतबार २६, चैत २०७९ १७:१७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो ।

सन्दीप लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो । यो प्रकरणको सुनुवाई अन्तिम चरणमा छ ।

आइतबारको सुनुवाई भने सकिएको छ । लामिछानेले नाबालिगमाथि बलात्कार गरेको भन्दै मुद्दा परेको छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालत पाटनले भने थुनामा राख्नुपर्ने जिल्लाको आदेश उल्ट्याउँदै उनलाई धरौटीमा रिहा गरेको थियो । 

clock आइतबार २६, चैत २०७९ १७:१७

प्रतिक्रिया