कैलालीमा बालक मृत्यु प्रकरण : चौथो दिनसम्म पनि उठेन शव

  शुक्रबार ०१, मङि्सर २०८० १३:५३

धनगढी। कैलालीको गोदावरी नगरपालिका ५ गेटाका पाँच वर्षीय बालक सम्राट ऐरको उपचारका क्रममा मृत्यु भएको आज चार दिन पुगेको छ। ज्वरो आएपछि मंगलवार साँझ उपचारका लागी सोही ठाउँस्थित डिलासैनी क्लिनिकमा सम्राटको उपचारका क्रममा मृत्यु भएको थियो।

मृतक बालकको शव आज चौथोदिनसम्म उठ्न सकेको छैन्। मृतकका परिवाजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ ।

मृतकका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पुरा नभएसम्म शव नउठाउने अडान राख्दा परिवारजन र क्लिनिक सञ्चालकबीच सहमती हुन सकेको छैन।

बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा थन्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार र बिहीवार दिनभरी पनि सहमतीको प्रयास भएपनि सहमती जुट्न नसकको हो । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेको छ।

कैलालीको गोदावरी नगरपालिका(५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका पाँच वर्षीय छोरा सम्राटको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो।

डिलासैनी क्लिनिकमा सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो ।

 

clock शुक्रबार ०१, मङि्सर २०८० १३:५३

प्रतिक्रिया