नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित

  शुक्रबार ०१, मङि्सर २०८० ०६:५८

काठमाडौं । नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्धको खेलमा पराजित भएको छ । 

दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११–० गोलले पराजित भएको थियो ।

विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् । 

अब नेपालले विश्वकप छनौट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध हुने छ । यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ ।  

clock शुक्रबार ०१, मङि्सर २०८० ०६:५८

प्रतिक्रिया