टी-२० क्रिकेट शृङ्खला : तान्जनियासँग नेपाल २७ रनले पराजित

  बुधबार २९, कार्तिक २०८० १०:२३

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृङ्खलामा तान्जनियासँग नेपाल पराजित भएको छ । एक सय १६ रनको लक्ष्य पछ्याउँदै गरेको सबै विकेट गुमाएर ८८ रन मात्रै बनायो ।

हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जिनियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै तान्जिनियाले ११५ रन बनाउँदा नेपालले पुरै ओभर खेल्न नपाउँदै सबै विकेट गुमाएको थियो ।

आइसिसी बरियतामा तान्जानिया १९औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।

कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नयाँ कप्तान चयन गरेको हो। क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दै आएकी थिइन्।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।

clock बुधबार २९, कार्तिक २०८० १०:२३

प्रतिक्रिया