मंसिर ९ गतेबाट लिटिल फ्लावर क्रिकेट प्रतियोगिता हुँदै

  शनिबार २५, कार्तिक २०८० ११:३१


धनगढी । लिटिल फ्लावर प्रीमियर लिग आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने भएको छ। शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटिल फ्लावर स्पोर्टस क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो।

मङ्सिर ९ गतेबाट सुरु हुने प्रतियोगिता मङ्सिर २३ गते फाप्ला क्रिकेट मैदानमा हुने छ। प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय पाउने छन्। त्यस्तै उदयमान खेलाडीले ५ हजार एवम् र ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्।

प्रतियोगितामा काठमाडौँ, दाङ, रौतहट, कैलाली र कञ्चनपुरबाट १६ वटा टिम सहभागी हुने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए। यस प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने शाहीले बताए।

clock शनिबार २५, कार्तिक २०८० ११:३१

प्रतिक्रिया