सन्दीपको मुद्दामा बहस नोट बुझाउन अदालतको आदेश, मंसिर २४ मा अर्को पेशी

  बिहिबार २३, कार्तिक २०८० १५:२०

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अदालतले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश दिएको छ। न्यायाधिश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाइसक्न आदेश दिएको हो।

त्यस्तै अदालतले बहसनोट बुझाएको दुई दिन पछि अर्थात २४ मंसिरमा अर्को पेशी तोकेको छ। दुबै पक्षका कानुनब्यबसायिले अब लिखित रुपमा बहस नोट अदालत समक्ष  करिब एक महिना भित्र बुझाइसक्नु पर्ने छ।

सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरु माग गर्ने गरेको भएपनि यो पटक बहस नोट माग गरेको हो। अब सोहि बहस नोटका आधारमा अदालत आफ्नो फाइनल आदेश नजिक पुग्ने छ।

clock बिहिबार २३, कार्तिक २०८० १५:२०

प्रतिक्रिया