आइपिएलः हैदरावादलाई हराउँदै लखनऊ शीर्ष स्थानमा

  शनिबार २५, चैत २०७९ ११:३४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदरावादलाई पाँच विकेटले हराउँदै लखनऊ सुपरजायन्ट्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

घरलु मैदानमा १२२ रनको सामान्य लक्ष्य लखनऊले १६ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गरेको थियो। लखनऊका लागि कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाए। ३१ बल खेलेका उनले चार चौका प्रहार गरे। 

त्यस्तै कुर्नाल पाण्ड्याले २३ बलमा  ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए। ओपनर कयल मेयर्सले १३, मर्कुस  स्टोइनिसले १० र निकोलस पुरनले ११ रन बनाए। 

बलिङतर्फ हेदरावादका लागि आदिल रासिदले दुई विकेट लिए भने  भुवनेश्वर कुमार, फजल्लाक फारूक र उमरन मलिकले समान एकएक विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। 

हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। ओपनर अनमोलप्रीत सिंहले ३१ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे। 
त्यस्तै अब्दुल समादले अविजित २१ रन बनाए। 

बलिङतर्फ लखनऊका लागि कुर्नाल पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। त्यस्तै अमित मिश्राले २ विकेट लिँदा यस ठाकुर र रवि विसोइले एक–एक विकेट लिए। 

जितसँगै लखनऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने हैदरावाद दसौं स्थानमा छ।

clock शनिबार २५, चैत २०७९ ११:३४

प्रतिक्रिया